आईतवार, श्रावण ४,२०८२ 11:32:52
  • आईतवार, श्रावण ४,२०८२ 11:32:52
Global IME Bank Limited

नेप्सेको चार्टमा शुटिङ स्टार ‘कि’ लेभलमा अर्डर ब्लक, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा शुटिङ स्टार ‘कि’ लेभलमा अर्डर ब्लक, कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर ठूलो अंकले बढेको बजार अन्त्यमा झिनो अंकले मात्रै बढेर बन्द भएको छ । दिनभर २९ सयको विन्दु भन्दा माथि कारोबार भएको बजार अन्त्यमा २९ सय तल बन्द भएको छ । आजको बजारलाई प्राविधिक रुपमा नियाल्दा यस अघिको प्रतिरोधको विन्दु अर्थात ‘कि’ लेभलमा शुटिङ स्टार बनको देखिन्छ । यद्यपी आजको शुटिङ स्टार आगामी कारोबारमा भ्यालिड र इन्भ्यालिड दुवै हुनसक्छ ।  

स्मार्ट मनी कन्सेप्टमा यसलाई अर्डर ब्लकको रुपमा पनि बुझिन्छ । यस्ता अर्डर ब्लक बुलिस र बियरिस दुवै हुने गर्छन । यदि  प्रतिरोधको विन्दुमा यस्तो क्याण्डल बनेका बियरिस अर्डर ब्लक र सपोर्ट जोनमा  बनेमा बुलिस अर्डर ब्लक बनेको मानिन्छ । आजको क्याण्डल यस अघिको प्रतिरोधको विन्दु २ हजार ९२९ को आसपासबाट खसेको कारण यसलाई बियरिस अर्डर ब्लकको रुपमा ब्ुझिन्छ ।

Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्डमा शुटिङ स्टार बनेको देखिन्छ । म्याक्डीमा भने बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभर बट जोन ७७ को तहमा चलेको छ भने मनी फ्लो इन्डेक्स पनि ८५ को तहमा नै चलको देखिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा भने आज २८७० को विन्दुमा बन्द भएको बजार घटेमा अब क्रमश ः २८२४,२७७०,र २७०० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने २९२४,२९८०र ३०८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.