मंगलवार, श्रावण ६,२०८२ 07:07:47
  • मंगलवार, श्रावण ६,२०८२ 07:07:47
Global IME Bank Limited

दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’

Hyundai Nepal
दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको ३३ करोड बढी पैसा नदिने ब्रोकर कम्पनीका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।  

ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालिका अध्यक्ष, रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको हो ।

भट्टराई, श्रीवास्तव, श्रेष्ठ र न्यौपानेविरुद्ध २०८२ असार ९ गते नै पक्राउ पूर्जी जारी भए पनि उनीहरु चारैजना हालसम्म फरार रहेका छन् । 

Muktinath Bikas Bank Limited

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सो ब्रोकर कम्पनीले आफूलाई तिर्नुपर्ने ३३ करोड ७३ लाख २३ हजारमध्ये ९ करोड ७३ लाख २३ हजार धोकापूर्ण ढंगले नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । अग्रवालको सोही उजुरीका आधारमा भट्टराई, श्रीवास्तव, श्रेष्ठ र न्यौपानेविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । यसको सुइँको पाएलगत्तै चारैजना फरार छन् ।  

आफ्नो फसेको पैसा उठाउने मनशायले ब्रोकरका सञ्चालकविरुद्ध उजुरी दिएर पक्राउ पुर्जी जारी गराएका अग्रवाललाई प्रहरीले सोमबार दिउँसो टोखाबाट नियन्त्रणमा लिएको थियो । दीपेन्द्र अग्रवालको पक्राउ प्रकरण समेत सोही घटनासँग जोडिएको देखिन्छ ।  

खासमा दीपेन्द्र अग्रवाल दाईले सिप्रवीबाट ३३ करोड ७३ लाख २३ हजार  रकम लिनुपर्ने हो । त्यसमध्ये दिनेश शाहबाट हामीलाई केही रकम आएपछि बाँकी रहेको ९ करोड ७३ लाख २३ हजार मात्र बाँकी रहेको र त्यही पैसा धोकापूर्ण ढंगले नदिइएको भनेर उजुरी दर्ता भएको थियो । अग्रवालका एक सहयोगीले बिजशालासँग भने ः तर सिप्रवीले भनेका आधारमा दिनेश र नीतिन शाहले दीपेन्द्र दाईलाई हालिदिएको त्यही करिब २४ करोड रुपैयाँको विषयलाई श्रीवास्तव र श्रेष्ठले खेल खेली ट्वीस्ट गरिदिएपछि उनीहरुले उचालेकै भरमा शाहले उजुरी दिई दीपेन्द्र दाईलाई पक्राउ गरेको हो । अब हामीले सिप्रवीविरुद्ध पनि ३३ करोड ७३ लाख २३ हजार रकम नै लिन बाँकी रहेको नयाँ उजुरी दिन्छौं । हामीलाई हाम्रो पूरा पैसा चाहियो ।

सिप्रवि सेक्युरिटिजको खातामा दीपेन्द्र अग्रवालले कुल ३३ करोड ७३ लाख २३ हजार एक सय ८६ रुपैयाँ सापटीको रुपमा हालिदिएका थिए । त्यो पैसा उसले सेटलमेन्ट गाह्रो भयो भनेर सापटी मागेको कारण हालिदिएको अग्रवालका सहयोगीको दाबी छ । 

सिप्रवीले त्यो पैसा आफूहरुसँगै काम गर्ने नीतिन शाह र दिनेश शाहको लेजरमा एडजस्ट गरिदिएको र त्यसपछि बाँकी रहेको पैसा नीतिन र दिनेशको खातामा राखिदिएको सहयोगीले बताए । तर त्यो पैसा फेरि घुमाएर नीतिन र दिनेशले २३ करोड ९९ हजार ९ सय रुपैयाँ दीपेन्द्र, ज्योति र मित्त मुरारकाको एकाउन्टमा हालिदिए। तर हामीले दिएको त ३३ करोड हो।  पैसा आयो करिब २४ करोड । अनि बाकी रकम ९ करोड ७३ लाख रुपैयाँ माग्दा ब्रोकरले त्यो पैसा नीतिनलाई दिने हो तपाइलाई दिने होइन भनेर निहुँ खोजेको अग्रवालका सहयोगी बताउँछन् । त्यसपछि चाहिँ दीपेन्द्रले ब्रोकरविरुद्ध उजुरी हालेका उनको भनाई छ । त्यही आधारमा श्रीवास्तव र श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।  

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण उल्लेख गर्दै उनका सहयोगीले भने ः खासमा हामीलाई पैसा नीतिन र दिनेशको खाताबाट आएको थियो। हाम्रो फसेको पैसामध्ये करिब २४ करोड उनीहरुको खाताबाट ब्रोकरले हालिदिएको हामीले ठान्यौं । तर अहिले आएर उल्टै सिप्रवीको इशारामा नीतिन र दिनेशले दीपेन्द्र दाईविरुद्ध धोका र जालसाजीको उजुरी हालिदिए । त्यसकै आधारमा दाई पक्राउ पर्नुभयो ।  

ती सहयोगीले दीपेन्द्रले कुनै गल्ती नगरेको, बरु उल्टै सिप्रवीले ठगी गरेकोले त्यसबाट बच्न उल्टो खेल खेलिएको दाबी समेत गरे।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.