काठमाण्डौ । आजसम्म गरेर सेयरबजार लगातार ६ दिन बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।
यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजार अपर ब्याण्डसँगै हिड्न थालेको छ । यदि मूल्य रेखाहरु अपर ब्याण्डसँगै हिड्छ भने त्यसलाई बुलिस बजारको रुपमा बुझिन्छ ।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ८४ को तहमा ओभर बट जोनमा चलेको छ । पिभट् मार्फत नियाल्दा आज २ हजार ९७५ को बिन्दुम बन्द भएको बजारले अबको नजिकको प्रतिरोध ३०५० को आसपसमा लिन सक्छ ।
त्यसैगरि घटेमा २ हजार ९२५ को बिन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।