शुक्रबार, श्रावण ९,२०८२ 09:42:19
  • शुक्रबार, श्रावण ९,२०८२ 09:42:19
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा

Hyundai Nepal
आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले यही साउन ३० गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Muktinath Bikas Bank Limited

उक्त सभामा संशोधित पूँजीअनुसार कम्पनीको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

कम्पनीले धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्दै विसं २०८० कात्तिक १५ गते आवेदन दिएको थियो । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता आईपीओ निष्कासनको माग गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.