आईतवार, श्रावण ११,२०८२ 04:57:29
  • आईतवार, श्रावण ११,२०८२ 04:57:29
Global IME Bank Limited

वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भने म्याद थप

Hyundai Nepal
वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भने म्याद थप
Shivam Cement

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २९ गतेदेखि आईपीओ जारी गरेको थियो ।  

यस्तै कम्पनीले माग बमोजिम आवेदन प्राप्त नभएकाले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओको म्याद भने थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिअघि मागभन्दा बढी आवेदन प्राप्त भएमा भने निर्धारित समग अगावै आईपीओ निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।    

Muktinath Bikas Bank Limited

कम्पनीले गत असार १५ गते आइपीओ निष्कासनको अनुमति पाएको थियो ।  

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएको छ ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ )साविक कफल्सेरी गाविस वडा नं। १० का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि सुरक्षित गरिएको छ ।  

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिएको छ ।  

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।  

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।  

स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.