आईतवार, श्रावण ११,२०८२ 09:32:52
  • आईतवार, श्रावण ११,२०८२ 09:32:52
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’

Hyundai Nepal
नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा १८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।  

क्याण्डल स्टिकमार्फत नियाल्दा आज नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार बढेको बजारमा ब्रेक लागेको संकेत गर्छ । यसअघि चार्टमा डोजी प्रकृतिको क्याण्डल बनेका थिए । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हालसम्म पनि बजार अपर ब्याण्डमा चल्दै गरको देखिन्छ ।  

Muktinath Bikas Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ८५ को तहबाट हाल ७९ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा प्रष्ट रुपमा नै बियरिस डाभर्जेन्स देखिन्छ । समग्र इन्डिकेटबाट नियाल्दा बजार करेक्सनको यात्रामा चलेको देखिन्छ ।  

लामो समय बढेको बजारमा आज आएको करेक्नसपछि फिवोनासी मार्फत नियाल्दा अब बजारले ०.२३ प्रतिशत अर्थात २९१५ विन्दु आसपासमा बलियो सपोर्ट लिनसक्छ । त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा ०.३८ प्रतिशतको सपोर्ट २८५० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । तर यदि आज बनेको शुटिङ स्टारलाई बजारले इन्भ्यालिड गरेर माथि लाग्छ भने बजारले ३०६० र ३२००  विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.