काठमाण्डौ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गतको मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ३.८० प्रतिशत(करसहित) नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले उक्त लाभांश वितरण प्रयोजनका लागि यही साउन ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ साउन २९ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै उक्त लाभांश पाउनका लागि योग्य हुनेछन् ।