बिहीबार, श्रावण २२,२०८२ 12:04:28
  • बिहीबार, श्रावण २२,२०८२ 12:04:28
Global IME Bank Limited

भोल्यूम ड्राई अप बनेको नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, के रिभर्सल हुँदैछ बजार ?

Hyundai Nepal
भोल्यूम ड्राई अप बनेको नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, के रिभर्सल हुँदैछ बजार ?
Shivam Cement

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभर उतारचढावपूर्ण रह्यो । बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भयो । आज बजारसँगै कारोबार पनि असार ११ पछिकै न्यून रह्यो । अर्थात प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा लामो समय पछि भोल्यूम ड्राई अप बनेको छ ।  

क्याण्डल स्टिकबाट नियाल्दा आज इन्भर्टेड ह्याम्मर बनेको छ । भोल्युम ड्राई अप सहित बनेको यस्तो क्याण्डलले बजारमा रिभर्सलको संकेत गर्छ । यसअघि असार ९,१० र ११ गते  इन्भर्टेड प्रकृतिका क्याण्डल सहित करिब ६/६  अर्बको कारोबार पछि बजारमा रिभर्सल देखिएको थियो । यस कारण यदि आगामी कारोबारमा बजारमा केही समय भोल्यूम ड्राई बन्दै गयो भने बजारमा रिभर्सलको सम्भावना रहन्छ । यसले बजारमा बिक्रीकर्ता हराउदै गएको बुझिन्छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजार यसअघि नै मध्य ब्याण्डबाट तल खसेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी फराकिलो नै रहेको छ । म्याक्डीमा बियरिस क्रसओभर बन्दै भ्यालिड नै रहेको छ ।  

त्यसैगरि, हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोनमा चलेको छ । मनी फ्लो इन्डेक्स ४२ को तहमा चलेको छ । यसकारण अझै केही दिनको कारोबार पछि मात्रै बजारको अवस्था निर्क्यौल हुनसक्छ । आज २ हजार ८३२ मा बन्द भएको बजार घटेमा अब २८०० र २७७० विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

त्यसैगरि, बढेमा २८४२, २८८२ र २९५५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.