• सोमबार, श्रावण २६,२०८२ 02:20:41
Global IME Bank Limited

लघुवित्त संस्थाहरुको वित्तीय अवस्थामा उत्कृष्ट सुधार, १९५% ले बढ्यो नाफा

Hyundai Nepal
लघुवित्त संस्थाहरुको वित्तीय अवस्थामा उत्कृष्ट सुधार, १९५% ले बढ्यो नाफा
Shivam Cement

काठमाण्डौ । हालसम्म २५ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश लघुवित्त संस्थाहरुको वित्तीय अवस्थामा उत्साहजनक सुधार देखिएको छ ।  

दुई दर्जन लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको असार मसान्तसम्म २ अर्ब २३ करोड एक लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा आव २०८१–८२ को तुलनामा १९५.७५ प्रतिशत बढी हो । अघिल्लो आवमा यी संस्थाहरुले जम्मा ७५ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए ।  

गत आवमा घाटामा रहेका संस्थाहरु समेत नाफामा उक्लिएका छन्, भने नाफामा रहेका संस्थाहरुको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा उल्लेख्य बढ्न पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको हो । यस्तो सुविधाले लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात घट्न पुगेको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।  

राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले एनआरएफएस बमोजिम विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने भएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका २५ संस्थामध्ये दुईको मात्रै नाफा अघिल्लो आवको तुलनामा घटेको छ, भने बाँकी २३ ले उल्लेख्य प्रगति गरेका छन् ।  

गत असार मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने संस्थामा भने ग्लोबल आइएमई लघुवित्त रहेको छ । संस्थाले गत आवमा २३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १२१.९१ प्रतिशत बढी हो ।  

त्यस्तै, मेरो माइक्रोफाइनान्सले २१ करोड ६० लाख, आशा लघुवित्तले २० करोड ९२ लाख, फर्स्ट माइक्रोफाइनान्सले १३ करोड १७ लाख, सिवाइसी नेपाल लघुवित्तले ११ करोड ७४ लाख, महुली लघुवित्तले ११ करोड ४५ लाख, कालिका लघुवित्तले १० करोड ८० लाख, आरएसडीसी लघुवित्तले १० करोड ३१ लाख र आरम्भ चौतारी लघुवित्तले ९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी नाफा बढाउने संस्थामा आरम्भ चौतारी लघुवित्त रहेको छ । अघिल्लो आवमा ६ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा १३ हजार ७८० प्रतिशत बढाएर ९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, दोस्रोमा स्वाभिमान लघुवित्तले पनि ८१९।०८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा ७८ लाख ७२ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ७ करोड २३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

त्यस्तै, अघिल्लो आवमा घाटा ब्यहोरेका संस्थाहरु हिमालयन लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ, अभियान लघुवित्तले ६ करोड ६० लाख, एनएमबी लघुवित्तले ६ करोड ३८ लाख, नाडेप लघुवित्तले ५ करोड ३७ लाख, उन्नती सहकार्य लघुवित्तले ५ करोड २४ लाख र उपकार लघुवित्तले ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

गत आवमा आरएसडीसी लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको नाफा भने घटेको छ । आरएसडीसीको २७.१९ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ६.३४ प्रतिशतले नाफा घटेको छ ।  

इपीएस कुनको कति ?  

लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै यता प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

गत आवको अन्त्यसम्म सबैभन्दा धेरै इपीएस स्वाभिमान लघुवित्तको रहेको छ । यो संस्थाको इपीएस ४७.१५ रुपैयाँ रहेको छ । संस्थाको इपीएस अघिल्लो आवको तुलनामा ४१.७६ रुपैयाँ बढेको हो ।

त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको पनि २९।७९ रुपैयाँ बढेर ४४.०९ रुपैयाँ पुगेको छ भने सर्पोट माइक्रोफाइनान्सको इपीएस २४.४३ रुपैयाँ बढेर ४१.८१ रुपैयाँ पुगेको छ ।  

यसका साथै ग्लोबल आइएमई लघुवित्तको २०.९५ रुपैयाँ बढेर ३८.११ रुपैयाँ, मिथिला लघुवित्तको १३.३२ रुपैयाँ बढेर ३७.५८ रुपैयाँ, गुराँस लघुवित्तको १६.१८ रुपैयाँ बढेर ३४.१७ रुपैयाँ, उपकार लघुवित्तको ३२.२६ रुपैयाँ, महुली लघुवित्तको २०.९८ रुपैयाँ बढेर ३०.९६ रुपैयाँ, स्वस्तिक लघुवित्तको १३.९५ रुपैयाँ बढेर २८.७८ रुपैयाँ र हिमालयन लघुवित्तको २८.७० रुपैयाँ रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.