Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घाटामा रहेको इष्टर्न हाइड्रोपावरले कमायो झण्डै एक करोड नाफा, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
घाटामा रहेको इष्टर्न हाइड्रोपावरले कमायो झण्डै एक करोड नाफा, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । इष्टर्न हाइड्रोपावर नाफामा उक्लिएको छ । अघिल्लो आवमा १ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ९५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । 

अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड २० लाख रुपैयाँ मात्रै आम्दानी भएकोमा गत आवमा यस्तो आम्दानी १५.५२ प्रतिशत बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

साथै कम्पनीको उत्पादन खर्च पनि २९.१० प्रतिशतले घट्दा घाटाबाट नाफामा उक्लिन सहयोग मिलेको हो । कम्पनीको उत्पादन खर्च १ करोड ८० लाख रुपैयाँबाट घटेर १ करोड २७ लाख रुपैयाँ कायम भएको छ । 

साथै कम्पनीको चुक्तापूँजी ६२ करोड रुपैयाँ रहेकोमा रिजर्भ फण्ड भने १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको इपीएस १.५५ रुपैयाँ, नेटवर्थ ७३.०७ रुपैयाँ, तरलता अनुपात १.८६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३७२.८८ गुणा रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.