काठमाण्डौ । दिनभर सामान्य अंकले तलमाथि गरेको सेयर बजार आज अन्त्यमा २.६२ अंकले बढेर बन्द भयो । आज ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस क्याण्डल पछि ‘डोजी स्टार’बनेको छ ।
यदि तल–माथि लामो धागो सहित ‘प्लस’ आकार देखिन्छ भने त्यसलाई ‘डोजी स्टार’ भनिन्छ ।
यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भएको अवस्था भने होइन ।
यदि आगामी कारोबारमा बजार २८२२ विन्दुभन्दा माथि १५ अर्ब कारोबार सहित टिकेर कारोबार हुन्छ भने आज बनेको डोजी स्टार भ्यालिड हुनेछ । अर्थात बुलिस डोजी स्टार बनेको मानिने छ ।
तर आगामी कारोबारमा नेप्से आजको न्यून विन्दु २८८४ भन्दा तल बन्द भएको खण्डमा भने अझै करेक्नस नसकिएको मान्न सकिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्यान्ड नजिकमा डोजी स्टार बनेको छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ नै रहेका छन् ।
आरएसआईबाट नियाल्दा आज बजार ४३ को तहमा रहेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारले करिब बटम लगाउँदै गरेको देखिन्छ तर निश्चित भने भई हालेको अवस्था भने होइन ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।