सोमबार, भाद्र २,२०८२ 09:43:34
IME remit
  • सोमबार, भाद्र २,२०८२ 09:43:34
IME remit
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै कम्पनीको बिक्री आम्दानी समेत १७३.०१ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ७५ करोड  ५४ लाखमा सीमित थियो ।  

कम्पनीको अन्य आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवमा भने १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको खर्च समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।    

४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड र कुल चालु दायित्व ४ अर्ब २६ करोड रहेको छ ।  

यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ७१ करोड अल्पकालिन र ९ करोड ९७ लाख दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.