बिहीबार, असार १९,२०८२ 11:30:15
  • बिहीबार, असार १९,२०८२ 11:30:15
Global IME Bank Limited

पूँजीबजार सुधारका लागि संयुक्त कार्ययोजना पठाउने सेबोनको योजना तुहियो !

नेप्से र सिडीएसीले पठाए, सेबोन भने आन्तरिक लफडामै व्यस्त

Hyundai Nepal
पूँजीबजार सुधारका लागि संयुक्त कार्ययोजना पठाउने सेबोनको योजना तुहियो !
Nabil Bank Limited

काठमाण्डौ । पूँजीबजारको समस्या, तिनको समाधान र बजारको विकास तथा विस्तारको विषयमा सम्बद्ध सबै निकायको सुझाव एकीकृत गरी संयुक्त रुपमा अर्थमन्त्रीलाई पठाउने योजनाबाट नेपाल धितोपत्र बोर्ड पछि हटेको छ ।  

बोर्डभित्रको विवाद, गुट–उपगुट र तानातान तथा हानाहानका कारण अन्तिम अवस्थामा सेबोन अर्थमन्त्रीलाई संयुक्त कार्ययोजना पेश गर्ने पूर्वयोजनाबाट पछाडि हटेको हो ।  

अर्थमन्त्रालयले अर्थमन्त्रीको निर्देशन भन्दै पूँजीबजारसम्बद्ध तीनवटै सरकारी निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएसी एण्ड क्लियरिङ लिमीटेडलाई पत्र पठाएर एकसाताभित्र कार्ययोजना पेश गर्न भनेको थियो । तर, बजारका विषयमा तीनवटा निकायले पठाउने सुझावहरु उस्तै–उस्तै हुने भएकोले एकीकृत रुपमा पठाउने भन्दै बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारीले नेप्से र सिडिएससीको नेतृत्वसँग ब्याक टू ब्याक छलफल गरेका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

डा. अधिकारीले आफूले अर्थमन्त्रालयमा कुरा गरिसकेको र तीनवटै निकायको संयुक्त सुझाव आउँदा आफूहरुलाई पनि सजिलो हुने बताएको भन्दै सेबोनमा आवश्यक सुझाव पठाउन नेप्से र सिडीएसीलाई आग्रह गरेका थिए । डा. अधिकारीको आग्रह बमोजिम नेप्से र सिडीएससीले पूँजीबजार सुधारका सुझावहरु समयमै पेश गरेका थिए ।  

बोर्डले लगानीकर्ताहरुबाट समेत सार्वजनिक सूचना नै प्रकाशन गरी सुझाव मागेको थियो । सम्बद्ध सबै निकायसँग एकदिन बृहत छलफल पनि राखेको थियो । त्यसरी आएका सबै सुझावहरुलाई एकीकृत गरी संयुक्त रुपमा पठाउनेगरी प्रष्ट कार्ययोजना समेत तयार भएको थियो । मन्त्रालयमा पठाउने कार्ययोजना सेबोनको सञ्चालक समितिबाट पारित गर्नुपर्ने भन्दै डा. अधिकारीले बैठक डाकेका थिए । तर, उनले बोलाएको सञ्चालक समिति बैठकले उनकै प्रस्ताव खारेज गरिदिएपछि संयुक्त रुपमा सुझाव(कार्ययोजना) पठाउने योजना तुहिएको हो ।  

बोर्ड बैठकमा अर्थमन्त्रालयले अलग–अलग निकायबाट छुट्टा–छुट्टै सुझाव मागेको हो भनेर सञ्चालकहरुले पेलेपछि डा. अधिकारी पनि ब्याक हट्न बाध्य भएका स्रोतले दाबी गरेको छ ।  

बोर्ड अध्यक्षमा समेत आवेदन दिएका र आन्तरिक लुछाचुँडी तथा विवाद समेत रहेकोले कतिपय जायज निर्णयमा समेत डा. अधिकारी खुट्टा कमाउने गर्छन् । बोर्डका एक उच्च अधिकारीले भने–‘संयुक्त रुपमा कार्ययोजना पठाउने कुरामा पनि उनको अडान नै देखिएन । बोर्डको अध्यक्षको प्रतिस्पर्धी हुँदा आवश्यक भन्दा बढी रक्षात्मक अवस्थामा उनी देखिएका छन् । उनले यो मात्र होइन, कतिपय महत्वपूर्ण विषयमा निर्णय गराउने सवालमा सञ्चालकहरुलाई कन्भिन्स नै गराउन सक्दैनन् ।’  

तयार भइसकेको संयुक्त कार्ययोजना सेबोनको सञ्चालक समिति बैठकले अस्वीकृत गरिदिएको सूचना पाएसँगै नेप्से र सिडिएसीले अर्थमन्त्रालयमा सुझाव पठाइसकेका छन् । सिडिएसीले सोमबार र नेप्सेले मंगलबार बिहान आ–आफ्नो सुझाव पेश गरेका छन् ।  

सेबोनको तर्फबाट पेश गर्ने सुझावको भने अझै अत्तोपत्तो छैन । अर्थमन्त्रीले दिएको समय घर्किसक्दा समेत सेबोन भने आन्तरिक लफडामै अल्झिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.