Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:08:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्तिम १५ मिनेट औसतको नियम हटाइँदै !

Laxmi Sunrise Bank Limited
अन्तिम १५ मिनेट औसतको नियम हटाइँदै !
Shivam Cement

काठमाण्डौ । नेप्सेमा कारोबारको अन्तिम १५ मिनेटको औसत निकालेर सूचक गणना गर्ने नियम हटाउने विषयमा बजारका दुवै नियामक तयार देखिएका छन् । 

Bizshala
New Office
CG Motors

देशको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड र फ्रन्ट लाइन नियामक नेपाल स्टक एक्सचेञ्ज नै अन्तिम १५ मिनेटको औसत गर्ने नियम हटाउन तयार भएका हुन् ।  

लगानीकर्ताहरुले विगत लामो समयदेखि यो नियमको विरोध गर्दै आइरहेका छन् । जेनजी आन्दोलनपछि प्यानिक बनेको सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने यस्ता नियम हट्नुपर्ने माग पछिल्लो समयमा चर्को ढङ्गले उठेपछि सेबोन र नेप्से नै त्यसलाई हटाउन तयार देखिएका हुन् । 

Garima Development Bank
Shivam Cement
Bizshala

नेप्सेस्थित उच्च स्रोतका अनुसार १५ मिनेट औसत नियम हटाउन नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले धितोपत्र बोर्डलाई आजै पत्र पठाउँदैछ । सो पत्र र लगानीकर्ताको सम्पत्ति सकेसम्म कम क्षति हुने हिसाबले अन्य उपाय खोज्ने लगायतका विषयमा छलफल गरी निर्णय गर्न धितोपत्र बोर्डले पनि सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ ।  

बोर्डस्थित उच्च स्रोतका अनुसार नेप्सेले १५ मिनेटवाला नियमको विषयमा पत्र पठाएपछि सोहीअनुसार निर्णय गराई लगानीकर्ताहरुको माग सम्बोधन गर्ने विषयमा धितोपत्र बोर्ड समेत तयार छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि प्रकाशित समाचार:

लगानीकर्ता डूब्ने अवस्था बनेपछि इमेरजेन्सी बोर्ड बोलाउने सेबोनको तयारी


 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.