Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन हाईड्रोपावरको स्थगित साधारण सभा अब कात्तिकमा

Laxmi Sunrise Bank Limited
हिमालयन हाईड्रोपावरको स्थगित साधारण सभा अब कात्तिकमा
Shivam Cement

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा कात्तिकमा गर्ने भएको छ । कम्पनीले असोज २४ गतेका लागि तय भएको साधारण सभा अब कात्तिक ९ गते आयोजना गर्ने भएको छ ।  

उक्त सभा वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।  

कम्पनीको १८ औं साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  

Bizshala
New Office
CG Motors

उक्त सभामा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यी विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशषे प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी, सञ्चालक समितिको १८ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । यसर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.