Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले दशौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा आगामी कात्तिक २० गते बिहिबारका दिन भक्तपूरको सूर्यविनायकमा रहेको डालेश्वर भिलेज रिसोर्टमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । सभामा हकप्रदबाट प्राप्त हुने रकमको उपयोग तथा हकप्रद जारी गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।    

Bizshala
New Office
CG Motors

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८१/८२ को वासलात,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.