Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमको नाफा २३.८२% ले खस्कियो, ईपीएसमा समेत गिरावट

Laxmi Sunrise Bank Limited
नेपाल  टेलिकमको नाफा २३.८२% ले खस्कियो, ईपीएसमा समेत गिरावट
Shivam Cement

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीर्सी)ले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको वित्तीय अवस्थामा ह्रास आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा २३.८२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

कम्पनीले यो अवधिमा ९ अर्ब ४७ करोड रुपैयाँबराबरकमो कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसरी कम्पनीको आम्दानी ५.८९ प्रतिशतले खस्किएको छ ।   

Bizshala
New Office
CG Motors

कम्पनीको रिजर्भको आकार ७३ अर्ब ३ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.८५ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३८.६६ रुपैयाँबाट घटेर २९.४५ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०२.०४ रुपैयाँ, तरलता अनुपात २.३३ प्रतिशत र पीई अनुपात २८.७२ गुणा कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.