बुधबार, असार १८,२०८२ 04:49:30
  • बुधबार, असार १८,२०८२ 04:49:30
Global IME Bank Limited

सर्वोत्तमको सेयरमूल्यमा चौथो दिन पनि अपरसर्किट, आईपीओ परेकालाई केही दिनमै १२६% रिटर्न

Hyundai Nepal
सर्वोत्तमको सेयरमूल्यमा चौथो दिन पनि अपरसर्किट, आईपीओ  परेकालाई केही दिनमै १२६% रिटर्न
Nabil Bank Limited

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको चौथो दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा लगातार अपर सर्किट लागेको छ ।  

सर्वोत्तमको सेयर मूल्यमा चौथो कारोबार दिन सोमबार पनि १० प्रतिशतले मूल्य बढी अपर सर्किट लागेको हो ।  

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ७३.९९ रुपैयाँले बढेर ८१३.८० रुपैयाँको उचाईमा पुगेको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

लगातार तेश्रो दिनसम्म देखिएको यो कम्पनीको सेयरमा उच्च खरीद चाप सोमबार(चौथो दिन) भने केही कम देखिएको छ । यो दिन खरीदतर्फ ७ लाख ३७ जार ५१९ कित्ताको माग आएको छ ।  

पहिलो तीन दिनमा भने यो कम्पनीको सेयरमा १७ लाखभन्दा बढी कित्ताका लागि लगातार खरीद चाप देखिएको थियो ।

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १२६ प्रतिशत हाराहारीको रिटर्न पाएका छन् ।  

सर्वोत्तम सिमेन्टको निकै कम कित्ता दोश्रो बजारमा कारोबारमा रहेकोले बलिया वित्तीय सूचक नहुँदा समेत मूल्यमा लगातार सर्किट लगाएको देखिन्छ ।  

सर्वोत्तमको मूल्य रकेटको गतिमा दैनिक उडिरहेको बेला अन्य सिमेन्ट कम्पनीको मूल्य भने घटिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.