काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले सेयरधनीहरुलाई आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी १६ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

