काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

