काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत मंसिर २५ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित १० प्रतिशत नगद लाभांश(कर समेत) मंसिर २८ गतेदेखिनै सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्ममा कायम सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएकाहरुलाई नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको छ कम्पनीले जनाएको छ।
हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले उल्लेख गरेको छ ।

