काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदा लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

