काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल रोक्नुपर्ने र वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड गरिएको आईपीओ पनि रद्द गर्नुपर्ने लगायतका माग राख्दै आफ्नो ज्ञापनपत्र दर्ता गराएका छन् ।
दिनभर सेबोनका अधिकारीहरुसँग छलफल गरेका उनीहरुले आजै(बिहीबार) आफ्नो ७ सूत्रीय मागपत्र कार्यालयमा आधिकारिक रुपमा दर्ता गराएका हुन् ।
उनीहरुले पुस ७ गतेदेखि रिलायन्सले सर्वसाधारण लगानीकर्तालाई निश्कासन गर्न लागेको आईपीओ नरोके त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
उनीहरुले रिलायन्सको आईपीओ ल्याउँदा राज्यका विभिन्न निकायहरुको मिलीभगत भएको दाबी गर्दै ती सबैलाई छानबिनको दायरामा ल्याइनुपर्ने माग पनि गरेका छन् ।
उनीहरुले रिलायन्सले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गर्न लागेको र सो क्रममा तोकिएको पहिलाको कटअफ मूल्य रद्द गरी नयाँ वित्तीय विवरणका आधारमा नयाँ मूल्य तय गरिनुपर्ने, जेनजीसहितको निश्पक्ष छानबिन समिति गठन गरी रिलायन्सको आईपीओ र यसमा जोडिएका अध्यक्ष लगायतका अधिकारीहरुको विषयमा छानबिन गरी दोषी देखिए निलम्बन गर्नुपर्ने, बुक बिल्डिंग र प्रिमियममा आईपीओ निश्कासनसम्बन्धी अहिलेको व्यवस्थामा पुनर्विचार हुनुपर्ने र त्यसलाई समयसापेक्ष परिवर्तन गरिनुपर्ने, रिलायन्सको आईपीओ प्रक्रिया तत्काल बन्द हुनुपर्ने लगायतका माग राखेका छन् ।
मागपत्रमा सचिव मणिसुन्दर लिम्बू लगायतको हस्ताक्षर रहेको छ ।
बोर्डमा दर्ता गराएको मागपत्र यस्तो छः



