काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको १७९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

