Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मर्जरमा जान लागेका समृद्धि र पोखरा फाइनान्सले डाके साधारण सभा

Laxmi Sunrise Bank Limited
मर्जरमा जान लागेका समृद्धि र पोखरा फाइनान्सले डाके साधारण सभा
Shivam Cement

काठमाण्डौ । मर्जरमा जान लागेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेका छन् । पुस २० गते बसेको दुवै संस्थाका सञ्चालक समितिको बैठकले साधारण सभा डाकेका हुन् ।

दुवै संस्थाको साधारण सभा माघ १४ गते बिहान ११ बजेबाट सुरु हुनेछ । समृद्धि फाइनान्सको २४ औं साधारण सभा मकवानपुरको हेटौडामा रहेको होटल एभोकाडोमा र पोखरा फाइनान्सको २८ औं र २९ औं साधारण सभा पोखरामा रहेको दरबारथोक ब्याङ्क्वेटमा आयोजना हुनेछ ।

Bizshala
New Office
CG Motors

दुवै संस्थाको सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।

यस्तै सभाबाट मर्जरमा जाने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

साधारण सभा प्रयोजनका लागि दुवै संस्थाले पुस ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेका छन् । 

समृद्धि फाइनान्स र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.