बुधबार, असार १८,२०८२ 04:32:17
  • बुधबार, असार १८,२०८२ 04:32:17
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ परेर दोश्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनसम्म लगातार अपर सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयरमूल्य आज भने तीव्र गतिमा घट्न थालेको छ ।  

बजार खुलेदेखि नै घट्न थालेको सर्वोत्तम सिमेन्टको सेयरमा प्रफिट बुक गर्नेहरुका कारण उच्च बिक्री चाप देखिएको छ । यहीकारण यसको मूल्य तीव्र गतिमा घट्न थालेको देखिएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दासम्म सर्वोत्तम सिमेन्टको दोश्रो बजार मूल्य अघिल्लो कारोबार दिनको अन्तिम बिक्री मूल्यको तुलनामा ९ प्रतिशतले घटिसकेको छ ।  

सेयरमूल्य घटेर १ हजारभन्दा तल खसेको छ ।  

सर्वोत्तम सिमेन्टको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि गत बिहीबार (सातौं दिन)सम्म पनि लगातार अपर सर्किट लागेको थियो । जसका कारण यो कम्पनीको सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको थियो ।  

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरेर मूल्य माथि उचालेका थिए । अब भने प्रफिट बुक हुँदा मूल्य घट्न थालेको देखिएको हो । यहीकारण समेत गत बिहीबारसम्म सर्वोत्तमको सेयर बिक्री गर्न चाहने कोही पनि देखिएका थिएनन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.