Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खुद ब्याज आम्दानीसँगै घट्यो निफ्राको नाफा

Laxmi Sunrise Bank Limited
खुद ब्याज आम्दानीसँगै घट्यो निफ्राको नाफा
Shivam Cement

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३८.१४ प्रतिशतले कम हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि २३.०८ प्रतिशतले घटेर ७४ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ करोड ४५ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ करोड ५१ लाख पुगेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले समीक्षा अवधिसम्ममा ५८ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ७२ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको निक्षेप संकलन ७ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २३ अर्ब २६ करोडबाट बढेर २७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.४६ गुणा,तरलता अनुपात ९९.०१ प्रतिशत र इक्युटिमा प्रतिफल ३.२४ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.