बुधबार, असार १८,२०८२ 12:48:27
  • बुधबार, असार १८,२०८२ 12:48:27
Global IME Bank Limited

बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो भने होइन । यसो हुनुको पछाडी लगानीकर्ताहरुले फोर्सफुल सेलिङ गर्नु वा नाफा बुक दुवै कारण हुन सक्छ । 

प्राविधिक रुपमा बोलिङगर ब्याण्डबाट हेर्दा आज बजारले प्रष्टरुपमा वियरिस प्रकृतिको क्याण्डल सहित मध्य ब्याण्ड छोडेर तल्लो ब्याण्ड तर्फ आकर्षित रहेको देखिन्छ । यो.सँगै अघिल्लो साताको अन्तिम कारोबारमा बनेको ‘ड्रागन फ्लाइ डोजि स्टार ’इन्भ्यालिड बनेको छ । म्याक्डी मार्फत हेर्दा बजारमा अघिल्लो साता नै वियरिस क्रसओभर बनेको छ । हिष्टोग्रामहरु  नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । डेलीबेसमा नै ६० को तहबाट खसेको आरएसआई हाल ४३ को तहमा आइपुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाब परेको  बुझिन्छ । 

CG Motors
Muktinath Bikas Bank Limited

पिभट् मार्फत नियाल्दा आज २०१८ मा बन्द भएको बजारले पहिलो सपोर्ट ब्रेक गरेर तल झरि सकेको छ । अब दोस्रो सपोर्ट २ हजार आसपास  र तेस्रो सपोर्ट भने १९९०  मा देखिन्छ । त्यसै गरि बढेमा भने बजार क्रमशः २०३७,२०५१ र २०६८ मा क्रमश प्रतिरोधको सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमापूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.