Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:11:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चुनावी माहौलले तात्यो सेयर बजार: ८ दिनमा लगानीकर्ताको सम्पत्ति २.३ खर्बले बढ्यो, सूचकमा पनि उछाल

Laxmi Sunrise Bank Limited
चुनावी माहौलले तात्यो सेयर बजार: ८ दिनमा लगानीकर्ताको सम्पत्ति २.३ खर्बले बढ्यो, सूचकमा पनि उछाल
Shivam Cement

काठमाण्डौ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने निश्चित भएपछि सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति अरबौंले बढेको छ ।

चुनावी माहौल बनेसँगै सेयर बजारमा लगानी गर्नेहरुको सम्पत्ति २ खर्ब ३० अर्बभन्दा बढीले वृद्धि भएको देखिएको हो ।

Bizshala
New Office
CG Motors

 आठ कारोबार दिनअघि नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण ४४ खर्ब २४ अर्ब रहेको थियो । यो आइतबार बढेर ४६ खर्ब ५४ अर्बको उचाईमा पुगेको हो । यसरी हेर्दा जम्मा पछिल्लो आठ कारोबार दिनमा बजार पूँजीकरणमा २ खर्ब ३० अर्बको बढोत्तरी देखिएको छ ।  

यो अवधिमा नेप्से परिसूचक पनि  २६३५ बाट बढेर २७७२ को उचाईमा पुगेको छ । यसरी हेर्दा ८ कारोबार दिनमै नेप्से परिसूचक पनि १३७ अंकले बढेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala

बजार जानकार तथा विश्लेषकहरुका अनुसार पुस मसान्तको दवाब सकिएलगत्तै चुनाव समेत समयमै हुने निश्चित भएपछि राजनीतिक स्थिरता हुने आशाले लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढेको देखिन्छ । यहीकारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि लगाता सुधार भइरहेको छ । लामो समयसम्म पर्ख र हेरको रणनीतिमा रहेका संस्थागत तथा ठूला लगानीकर्ताहरु समेत रणनीति बनाएर बजार प्रवेश गर्न थालेपछि माहौल तात्दै गइरहेको छ ।  

यो उत्साह र उच्च मनोबल कायम रहेको खण्डमा नेप्से परिसूचक चाँडै ३ हजार विन्दू माथि पुग्ने र कारोबार रकम पनि दैनिक २५ अर्ब माथि पुग्न थाल्ने विश्लेषकहरुको दाबी छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.