Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:17:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बालेन सरकारलाई ३२०० विन्दूको नेप्सेद्वारा स्वागत गर्ने योजना, ठूला लगानीकर्ताबीच अरु के-के पाक्दैछ ?

Laxmi Sunrise Bank Limited
बालेन सरकारलाई ३२०० विन्दूको नेप्सेद्वारा स्वागत गर्ने योजना, ठूला लगानीकर्ताबीच अरु के-के पाक्दैछ ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला केही दिनदेखि निरन्तर उछालको गतिमा बढिरहेको छ । पछिल्ला दुई कारोबार दिनको उच्च टर्नओभर र सूचकको समानान्तर बढोत्तरीले ठूला लगानीकर्ताहरू पनि आक्रामक रूपमा बजार प्रवेश गरिरहेको संकेत देखिएको छ ।

'प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२' मा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाई बहुमत प्राप्त गरेपछि सो दलका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ । सहमति अनुसार चैत १३ गते शाहले प्रधानमन्त्रीको सपथ लिने र सोही दिन मन्त्रिमण्डल समेत गठन गर्ने तयारी छ ।

राजनीतिमा देखिएको यस्तो स्पष्ट जनमत र स्थिर सरकारको अपेक्षाले सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । बजारमा सक्रिय ठूला लगानीकर्ता तथा ब्रोकरहरूबीच दैनिकजसो छलफल बढ्दै गएको छ, जहाँ बजारको सम्भावित दिशाबारे विश्लेषण भइरहेको छ ।

Bizshala
New Office
CG Motors

विश्वस्त स्रोतहरूसँग गरिएको छलफलका आधारमा केही ठूला लगानीकर्ता र बजारका खेलाडीहरूले सरकार गठनअघि नै नेप्से परिसूचकलाई ३२०० विन्दूसम्म पुर्‍याउने लक्ष्य लिएका छन् । हाल नेप्से २९३३.५५ विन्दूमा रहेको छ । यहाँबाट करिब ९ प्रतिशत वृद्धि भएमा ३२०० विन्दू पार हुने देखिन्छ ।

एक ठूला लगानीकर्ताले भने, “सबैको साथ र सहयोग रहेमा यही साता नै अलटाइम हाई नजिक पुर्‍याउने हाम्रो योजना छ । सम्भव नभए पनि ३२०० विन्दू कटाउने प्रयास हुनेछ ।”

त्यस्तै, एक ब्रोकरका अनुसार बजारमा ठूलो भोल्युममा कारोबार गर्ने लगानीकर्ताहरूको संख्या बढ्दै गएको र रिटेल लगानीकर्ताहरू पनि विस्तारै प्रवेश गर्न थालेका कारण ३२०० विन्दू पार गर्न कठिन नहुने देखिएको छ । “हामी बालेन नेतृत्वको सरकारलाई ३२०० विन्दूको नेप्सेबाट स्वागत गर्न चाहन्छौं,” उनले भने ।

तर, विज्ञहरूका अनुसार ३२०० विन्दू पार गरेपछि बजारमा करेक्सन आउने सम्भावना पनि उत्तिकै रहेको छ । सरकार गठनपछि केही दिन प्रफिट बुकिङको दबाब आउन सक्ने र चैत मसान्तको प्रभाव पनि देखिन सक्ने उनीहरूको अनुमान छ ।

त्यसपछि भने वैशाखबाट बजार पुनः उकालो लाग्न सक्ने विश्लेषण गरिएको छ । यदि सरकारले पूँजी बजारमैत्री नीति ल्यायो र अर्थतन्त्र सुधारका संकेत देखियो भने नेप्से ४००० विन्दूसम्म पुग्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

यद्यपि, केही विश्लेषकहरूले बाह्य जोखिमप्रति सचेत रहनुपर्ने बताएका छन् । इरान–अमेरिका–इजरायल तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्न सक्ने र त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । भारतबाट आयात हुने इन्धन महँगिँदा ढुवानी खर्च बढ्ने, मुद्रास्फीति चर्किने र आर्थिक वृद्धिमा असर पर्ने जोखिम रहेको उनीहरूको भनाइ छ ।

“आन्तरिक अवस्था सकारात्मक भए पनि बाह्य कारणले अप्रत्याशित असर पार्न सक्छ,” एक विश्लेषकले भने, “त्यसैले लगानीकर्ताले सबै पक्ष विचार गरेर निर्णय लिनुपर्छ ।”

Garima Development Bank
Shivam Cement
Bizshala

यसैबीच, काठमाडौँका विभिन्न ब्रोकर हाउसहरूमा गरिएको अवलोकनमा सर्वसाधारण लगानीकर्तामा पनि उच्च उत्साह देखिएको छ । अधिकांश लगानीकर्ताले बजार ३१००–३२०० विन्दू सहजै पार गर्ने विश्वास व्यक्त गरेका छन् । स्थिर सरकार, स्पष्ट नीति र आर्थिक सुधारप्रति उनीहरू आशावादी देखिएका छन् ।

अलर्ट : यो विश्लेषण बजारमा लगानी गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको होइन । सेयर खरिद–बिक्री अघि स्वअध्ययन गर्नु आवश्यक छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.