सोमबार, चैत्र २३,२०८२ 04:57:07
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 04:57:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से पुनः २७ सय विन्दुमाथि उक्लियो, हाईड्रो समूहमा चमक

Bizshala
नेप्से पुनः २७ सय विन्दुमाथि उक्लियो, हाईड्रो समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अंकले बढेर २ हजार ७६०.०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजारका मागहरु सम्बोधन गर्ने विषयले आज बजार फर्किएको बताए ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

‘नयाँ सरकार गठनपछि बजार लगातार घटेको थियो, जुन अस्वभाविक थियो, त्यसरी बजार क्रमिक रुपमा घट्नुपर्ने कुनै कारणहरु थिएनन्, तर बजारमा अपरिपक्व लगानीकर्ता हाबी हुँदा हल्लाको पछि दौडिने प्रवृत्तिले बजारलाई स्थिर बन्न दिएको थिएन’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले बजारमा तरंगित पैदा गराउँदा हल्लाको पछि दौडिने लगानीकर्ताहरुले धमाधम सेयर बिक्री गरेर बाहिरिएका थिए, त्यसरी आत्तिहाल्नुपर्ने वा डराउनुपर्ने कुनै कारण थिएन, बजारमा जति पनि पैसा लगानीको रुपमा आउँछन्, ती सबै बैंकबाट कर्जा लिएका रकम हुन्, जसलाई सेतो रकम नै मानिन्छ ।’

साथै सेयरबजारमा लगानी गर्नेहरुका लागि आगामी दिन सुनौलो हुन सक्ने उनले बताए ।  

‘अस्वभाविक रुपमा बजार घटेपछि ब्रोकर एसोसिएसनले अर्थमन्त्रीसँग भेटेर पूँजीबजार सुधारसम्बन्धी मागहरु राखेका छन्, जसको कार्यान्वयन वा सम्बोधन गर्न अर्थमन्त्री सकारात्मक देखिनुभएको छ, जसकारण आज बजार ८३ अंकले फर्किएको छ’ उनले भने, ‘लगानीकर्ताहरु यत्तिकै हल्लाको पछि लाग्ने प्रवृत्ति हटाउनुपर्छ, स्थिर सरकार आइसकेको छ, अब बन्ने पोलिसीहरु कम्तिमा पनि ५ वर्षको लागि बन्नेछन् र बजारमा लगानीयोग्य रकम १२ अर्ब भन्दा बढी छ, यसकारण आत्तिएर सेयर फाल्ने र बाहिरिने काम बन्द गरौं, पूँजीबजारमा अबको दिन सुनौलो छ, सानो मुटु भएकाहरु सेयरबजारमा प्रवेश नगरेकै उत्तम हुनेछ वा आउने नै भए मुटु दह्रो बनाएर आउनुहोला ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ४.५९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ३.१८ प्रतिशत, विकास बैंक ३.६३, फाइनान्स ४.०३,होटल ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त २.४३, म्युचुअल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार समूह २.४० प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पिीनिङ मिल्सको सर्वाधिक १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी हिमालयन रि इन्स्योरेन्सको ५४ करोड ९२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख, अपि पावरको ३१ करोड ५२ लाख र रिडी पावरको ३० करोड बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज उपकार लघुवित्त, भुजुङ हाईड्रो, रिडी पावर कम्पनी, नेशनल हाईड्रो, सुपर खुदी हाईड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाईड्रो, होटल फरेस्ट इन,कर्पोरेट डेभलपमेन्ट बैंक र शिवश्री हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

लक्ष्मी बैंक डिबेन्चरको मूल्य सर्वाधिक अर्थात ३.१० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.