काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
आजको बैठकमा सरकारले तीन वटा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ। प्रस्तुत गरिने विधेयकहरूमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ रहेका छन्।

