मंगलवार, चैत्र २४,२०८२ 05:37:59
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 05:37:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्जा सुरक्षणसम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण कार्यक्रम सम्पन्न

Bizshala
कर्जा सुरक्षणसम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । चैत २४ गते मंगलबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालयबुटवलको संयुक्त आयोजनामा बुटवलमाअवस्थीत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा ‘कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण कार्यक्रम’ विषयक एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैकको प्रदेश कार्यालय,इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि., ग्रामिण लघुवित्त वित्तीय संस्था लि,जनउत्थान लघुवित्त वित्तीय संस्था लि,स्वाभिमान लघुवित्त वित्तीय संस्था लि, सम्पदा लघुवित्त वित्तीय संस्था लि, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि, स्वरोजगार लघुवित्त वित्तीय संस्था लि, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि, मेरो माइक्रोफाइनान्स, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लि, लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधीहरु तथा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्य, सूचना प्रविधी विभाग प्रमुख अधिकृत राजु केसी लगायत कोषको केन्द्रीय तथा शाखा कार्यलयबुटवलका कर्मचारीहरु उपस्थीती रहेको थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

गोष्ठीको संचालन तथा सुरुवात यस कोषको शाखा कार्यालय बुटवलका प्रमुख बसन्त केसीले गरेका थिए भने स्वागत मन्तव्य कोषका नायव प्रमुख अधिकृत उषा पौडेलले दिएका थिए।

 त्यसपछी कार्यक्रमको दौरान यस कोषले संचालन गर्दै आएको तथा भावी कर्जा सुरक्षण कार्यक्रमको बारे जानकारी कोषको कर्जा सुरक्षण प्रमुख प्रबन्धक विक्रान्त आचार्यले दिएका थिए भने कोषले नयाँ संचालनमा ल्याउन लागेको कर्जा सुरक्षणसँग सम्बन्धित सफ्टवेयरकोबारे जानकारी कोषका सूचना प्रबिधि विभाग प्रमुख अधिकृत राजु केसीले दिए। त्यस उप्रान्त गोष्ठीमा सहभागी प्रतिनिधी ग्रामिण लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफ्नो छोटो मन्तव्य राखेका थिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस पश्चात कार्यक्रमा सहभागी हुनुभएका प्रतिनिधीहरुले आफ्नो जिज्ञासाहरु गोष्ठीमा राख्नुभएको थियो जसको जवाफ तथा कार्यक्रमको अन्तिम मन्तव्य कोषको कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे ज्यूले दिनुभइ कार्यक्रमको सफलतापूर्वक समापन भएको थियो।

कोषको वार्षिक नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग निरन्तर छलफल र संवाद गरी बजारको सुरक्षणको आवश्कतालाई मध्यनजर गर्दै मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु पहिचान गर्ने र सो का लागि राय सुझाव संकलनका लागि यस आर्थिक वर्षमा सबै प्रदेश समेटिने गरी गोष्ठि संचालन गर्ने लक्ष्य राखेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.