बिहीबार, चैत्र २६,२०८२ 08:35:24
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 08:35:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

Bizshala
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।  

कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.