Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:39:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साना किसान विकास लघुवित्तको लाभांश क्षमता घट्यो, खुद नाफामा समेत ११.३३% को संकुचन

Laxmi Sunrise Bank Limited
साना किसान विकास लघुवित्तको लाभांश क्षमता घट्यो, खुद नाफामा समेत ११.३३% को संकुचन
Shivam Cement

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमतामा ह्रास आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको लाभांश क्षमता ३१.२७ प्रतिशतमा खुम्चिएको छ । अघिल्लो् आवको सोही अवधिसम्म भने संस्थाको लाभांश क्षमता ३६.१९ प्रतिशत रहेको थियो ।

संस्थाको वितरणयोग्य मुनाफा समेत १ अर्ब ५६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ ।

यस्तै संस्थाको खुद मुनाफामा समेत गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५४ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा ११.३३ प्रतिशतले घटेर ४८ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ ।

Bizshala
New Office
CG Motors

संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आउनु नै नाफा घट्नुको मुख्य कारणको रुपमा रहेको छ । अघिल्लो आवमा १ अर्ब ३९ करोड रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी घटेर ९६ करोड ४९ लाखमा खुम्चिएको छ ।

यस्तै सञ्चालन मुनाफा समेत ७९ करोड १७ लाखबाट घटेर ६८ करोड ९८ लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज भने १ करोड ७० लाख रुपैयाँले रिर्भसल भएको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात २.५५ प्रतिशतबाट बढेर ४.१२ प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड भने ३.५२ प्रतिशतबाट घटेर २.६६ प्रतिशत कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १३.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१८.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.०२ गुणा र तरलता अनुपात १५३.२६ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.