शनिबार, जेष्ठ १६,२०८३ 10:52:12
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:52:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुकुमबासी लगत विवादबीच सेनाको स्पष्टिकरण : “विपद् तयारीका लागि तथ्याङ्क अद्यावधिक”

Laxmi Sunrise Bank Limited
सुकुमबासी लगत विवादबीच सेनाको स्पष्टिकरण : “विपद् तयारीका लागि तथ्याङ्क अद्यावधिक”
Shivam Cement

काठमाण्डौं, सुकुमबासीको देशव्यापी लगत संकलनलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि नेपाली सेनाले आफ्नो भूमिकाबारे दुई बुँदे स्पष्टिकरण सार्वजनिक गरेको छ।

केहीले यसलाई सुरक्षा र विपद् व्यवस्थापनसँग जोडिएको कदमका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसको उद्देश्यबारे थप स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।

Bizshala
New Office
CG Motors

सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विगतका वर्षहरूमा भएका बाढी, पहिरो, डुबान र नदी कटानजस्ता विपद्का घटनालाई आधार मानेर सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी योजना अघि बढाइएको जनाएको छ।  

सेनाका अनुसार यो अभ्यास मानवीय तथा भौतिक क्षति घटाउने दीर्घकालीन रणनीतिको हिस्सा हो।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका विभिन्न समाचार र आशंकाप्रति ध्यानाकर्षण भएको जनाउँदै सेनाले स्थानीय युनिटहरूलाई आ–आफ्नो क्षेत्रमा सम्भावित विपद् व्यवस्थापन सहज बनाउन तथ्याङ्क अद्यावधिक र जोखिम नक्साङ्कन (Hazard Mapping) गर्ने जिम्मेवारी दिइएको स्पष्ट गरेको छ।

एक पक्षले यसलाई विपद् व्यवस्थापन तयारी र उद्धार प्रणाली सुदृढ गर्ने नियमित अभ्यासका रूपमा लिएको छ भने अर्को पक्षले भने सुकुमबासी सम्बन्धी लगत संकलनलाई लिएर देखिएको अस्पष्टताले थप सार्वजनिक विश्वास र पारदर्शिता आवश्यक रहेको धारणा राखेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.