Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा मिडिल तमोरको नाफा र ईपीएस दुवै बढ्यो, आम्दानी कति ?

Laxmi Sunrise Bank Limited
सानिमा मिडिल तमोरको नाफा र ईपीएस दुवै बढ्यो, आम्दानी कति ?
Shivam Cement

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस ७.५३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस ६.३४ रुपैयाँमा सीमित थियो ।

कम्पनीको खुद नाफामा आएको सुधारका कारण ईपीएस बढ्न पुगेको हो । यो अवधिमा कम्पनीले २५ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५० प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २१ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीको खुद आम्दानी भने ५.८८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १ अर्ब २० करोड रुपैयाँबराबरको कम्पनीको खुद आम्दानी घटेर १ अर्ब १३ करोड रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा समेत ८२ करोड ७५ लाखबाट घटेर ७४ करोड ४२ लाखमा झरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ उल्लेख्य बढेको छ । अघिल्लो आवमा १३ करोड ८४ लाखमा सीमित रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ५८ करोड ४५ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.६७ रुपैयाँ र पीई रेसियो ६०.२७ गुणा कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.