Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिम स्टार उर्जाको घाटा ७ करोड बढी पुग्यो, ईपीएस ७३.०९ रुपैयाँले ऋणात्मक

Laxmi Sunrise Bank Limited
हिम स्टार उर्जाको घाटा ७ करोड बढी पुग्यो, ईपीएस ७३.०९ रुपैयाँले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिटिमेडको घाटा झनै बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ७ करोड ३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ लाख ६६ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले यो अवधिमा ३ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । कम्पनीले गत माघ १ गतेदेखि कुनै पनि विद्युत बिक्री आम्दानी गर्न सकेको छैन । बुकु खोलामा विद्युत उत्पादन गर्न चाहिने पेनस्टेक पाइपमा समस्या उत्पन्न भई मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन तथा बिक्री हुन नसकेको कम्पनीले जनाएको छ । यसको नोक्सान बीमा दाबी गरिएको भएपनि हालसम्म रकम प्राप्त नभएको कम्पनीले उल्लेख गरेको छ ।

Bizshala
New Office
CG Motors

यो अवधिमा कम्पनीले ३२ हजार रुपैयाँबराबरको वित्त आम्दानी र ५ लाख ३७ हजार अन्य आम्दानी गरेको छ । यस्तै कम्पनीको वित्त खर्च ५ करोड २५ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७३.०९ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७८.९८ रुपैयाँ, तरलता अनुपात ०.४१ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४५.८७ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.