Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिवम् सिमेन्टको नाफा ५४% ले वृद्धि, ईपीएस १४.७६ रुपैयाँ

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्टको नाफा ५४% ले वृद्धि, ईपीएस १४.७६ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । आम्दानी वृद्धि र खर्च घटेसँगै शिवम् सिमेन्टको नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यो अवधिमा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको खुद आम्दानी १ अर्ब ३८ लाख रुपैयाँ रहेको थियो ।  

Bizshala
New Office
CG Motors

खर्च नियन्त्रणमा भने कम्पनी सफल भएको छ । अघिल्लो आवमा ६५ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ५४ करोड ८३ लाखमा सीमित बनेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीले सेयर प्रिमियम शिर्षकमा ९५ करोड ६२ लाख छुट्टाएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब २७ करोड र कुल चालु दायित्व २ अर्ब ५१ करोड रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३४.०१ रुपैयाँ र तरलता अनुपात १.७० प्रतिशत कायम भएको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.