Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएलजी इन्स्योरेन्सको नाफा ७१.७८% ले घट्यो, इपीएस जम्मा ०.९८ रुपैयाँ

Laxmi Sunrise Bank Limited
एनएलजी इन्स्योरेन्सको नाफा ७१.७८% ले घट्यो, इपीएस जम्मा ०.९८ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने ७१.७८ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिसम्म कम्पनीको लगानीबाट हुने आम्दानीमा गिरावट आउँदा र दाबी भुक्तानी  बढ्दा नाफा घट्न पुगेको हो । लगानीबाट हुने आम्दानी ७.७३ प्रतिशतले घटेर १२ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।  

Bizshala
New Office
CG Motors

साथै कम्पनीको दाबी भुक्तानी १८.६३ प्रतिशतले बढेर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो ।  

कम्पनीको व्यवसायमा भने सामान्य सुधार देखिएको छ । गत आवको चैत मसान्तसम्म ६६ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको चैत मसान्तसम्म ७.३२ प्रतिशत बढाएर ७१ करोड ४५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेकोछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको बीमा कोषको आकार ३८.५५ प्रतिशत बढेर ४ अर्ब ६० करो ७८ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ती कोषको आकार २.०१ प्रतिशत बढेर कोषमा ८ करोड ८३ लाख रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङ भने ८१.३३ प्रतिशतले घटेर १ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको इपीएस ०.९८ रुपैयाँ रहेको भने प्रतिसेयर नेटवर्थ १७०.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४१.८३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७.३८ रुपैयाँ रहेको ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.