Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:38:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२ अर्ब घाटामा रहेको अप्पर तामाकोशीले कमायो रु.२८.६७ करोड नाफा, विद्युत बिक्री आम्दानी ८०.७२% ले वृद्धि

Laxmi Sunrise Bank Limited
२ अर्ब घाटामा रहेको अप्पर तामाकोशीले कमायो रु.२८.६७ करोड नाफा, विद्युत बिक्री आम्दानी ८०.७२% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न पुगेको हो । 

गत आवको चैत मसान्तसम्म बिद्युत बिक्रीबाट ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा ७ अर्ब ७१  करोड ८१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यसर्थमा कम्पनीको यस्तो आम्दानी ८०.७२ प्रतिशतले बढेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

साथै सो अवधिसम्म कम्पनीको वित्त आम्दानी १ करोड २३ लाख रुपैयाँ, अन्य आम्दानी ६ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।  

कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेकोमा कम्पनीको रिटेन्ड अर्निङ भने १२ अर्ब १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  

कम्पनीको इपीएस ९.७६  रुपैयाँ ऋणात्मक रहेकोमा सो अवधिसम्म १.३५ रुपैयाँ धनात्मक भएको छ । साथै प्रतिसेयर नेटवर्थ ४६.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८३.९५ रुपैयाँ र तरलता अनुपात १.४१ प्रतिशत रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.