Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इपीएस जम्मा रु.३.७५ रहेको कम्पनीको सेयरमूल्य भने १५ सयमाथि !

Laxmi Sunrise Bank Limited
इपीएस जम्मा रु.३.७५ रहेको कम्पनीको सेयरमूल्य भने १५ सयमाथि !
Shivam Cement

काठमाण्डौ । सेयरबजारमा १५ सय रुपैयाँ भन्दा बढी सेयरमूल्य रहेको एसवाई प्यानलको प्रतिसेयर आम्दानी (इपीएस) भने जम्मा ३.७५ रुपैयाँ छ ।  

कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको इपीएस गत आवको तुलनामा घटेको छ । गत आवको सो अवधिसम्म कम्पनीको इपीएस ४.६७ रुपैयाँ थियो ।  

Bizshala
New Office
CG Motors

यता कम्पनीको नाफा पनि घटेको छ । गत आवको चैत मसान्तसम्म ३ करोड  ६६ लाख  रुपैयाँ नाफा कमाएको यो कम्पनीले चालु आवको चैत मसान्तसम्म भने ३ करोड २ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यसर्थमा कम्पनीको नाफा गत आवको तुलनामा १७.५९ प्रतिशतले घटेको छ ।  

कम्पनीको आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत आवको चैत मसान्तसम्म ५१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको चैत मसान्तसम्म ५३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको पीई रेसियो ४९१.४४ गुणा, रिटर्न अन इक्विटी (आरओई) २.८३ प्रतिशत, रिटर्न अन एसेस्ट २.३५ प्रतिशत र करेन्ट रेसियो १०.४९ गुणा रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३० क रोड ८१ लाख रुपैयाँ रहेको छ ।  

गत वर्षको मंसिर महिनामा मात्रै सूचीकृत यो कम्पनीको हालको सेयरमूल्य १५ सय रुपैयाँभन्दा बढी छ । नयाँ कम्पनी भएकाले यो कम्पनीमा लगानीकर्ताहरु आकर्षित छन्, जसकारण केही समयअघि यो कम्पनीको सेयरभाउ उचालेर २२ सय रुपैयाँभन्दा माथि पुर्याइएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.