Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:27:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो

Laxmi Sunrise Bank Limited
आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो
Shivam Cement

काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको घाटा चुलिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद घाटा ५३ लाख १६ हजार रुपैयाँमा सीमित थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनी विद्युत बिक्रीबाट १२ करोड ४० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्री गरेर ९ करोड ५० लाख आर्जन गरेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीको प्रशासनिक खर्च ४३ लाख ९८ हजारबाट बढेर ५८ लाख ९९ हजार, मर्मत खर्च ४४ लाख ६ हजारबाट बढेर ८८ लाख २३ हजार, वित्त खर्च ४ करोड ६८ लाखबाट बढेर ६ करोड ६३ लाख र ह्रासकट्टी खर्च ३ करोड ११ लाखबाट बढेर ४ करोड ६७ लाख पुगेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँबराबर रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८८.८२ रुपैयाँ, आरओए १.७८ रुपैयाँ ऋणात्मक र पीई रेसियो ३८१ गुणा ऋणात्मक रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.