Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:35:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साल्ट ट्रेडिङको नाफा ९४% ले बढ्यो, ईपीएस ३६.१९ रुपैयाँ पुग्यो

Laxmi Sunrise Bank Limited
साल्ट ट्रेडिङको नाफा ९४% ले बढ्यो, ईपीएस ३६.१९ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आम्दानी बढेसँगै नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९४.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीले बिक्रीमार्फत ६ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत ६ अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यो अवधिसम्म २३ करोड ८२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले कर्मचारी खर्च २७ करोड ९२ लाख, ब्याज खर्च १८ करोड ६३ लाख , ह्रासकट्टी खर्च १ करोड ३ लाख र ९ करोड ६६ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ७ अर्ब ९४ करोड र कुल चालु दायित्व ८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३६.१९रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३७५.७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९०६.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८५.०४ गुणा कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.