Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिमेन्ट कम्पनीहरुको रिपोर्ट : फन्डामेन्टल स्ट्रङ कम्पनीकै सेयरभाउ उच्च !

Laxmi Sunrise Bank Limited
सिमेन्ट कम्पनीहरुको रिपोर्ट : फन्डामेन्टल स्ट्रङ कम्पनीकै सेयरभाउ उच्च !
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी ५ सिमेन्ट कम्पनी रहेका छन् ।  

धितोपत्र दोस्रो बजारमा यी पाँचवटै सिमेन्ट कम्पनी निकै चर्चामा छन् । बजारमा लगानीकर्तामाझ उक्त कम्पनीहरुको आकर्षण रहेपनि सबैको वित्तीय अवस्था भने सन्तोषजनक देखिदैन ।  

पछिल्लो समय दोस्रो बजारमा वित्तीय विवरण वा आधारभुत पक्ष हेरेर भन्दा पनि चर्चाको आधारमा सेयर किनबेच हुने गरेको छ । चलखेलको आधारमा आधारमा सिँगो सेयरबजार निर्धारण हुने गरेको पाइन्छ । बजारमा जुन कम्पनी बढी चर्चामा छ त्यही कम्पनीमा झुम्मिने प्रवृत्तिले सोझासाझा लगानीकर्ता बढी डुबेका छन् ।  

Bizshala
New Office
CG Motors

वित्तीय अवस्था खराब भएका कम्पनीको सेयर चलखेल गरेर उचाल्ने वा कर्नरिङ गर्ने प्रवृत्ति बजारमा हाबी छ । यसले बजारप्रतिको स्वस्थता विस्तारै हराउँदै जाने सम्भावना बढी देखिन्छ ।  

साथै दोस्रो बजारमा प्राय वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । तर सिमेन्ट सेक्टरतर्फ भने यस्तो देखिदैन । सिमेन्ट कम्पनीहरुमा सबैभन्दा राम्रो वित्तीय अवस्था रहेको कम्पनीकै सेयरभाउ सबैभन्दा महँगो छ भने वित्तीय अवस्था कमजोर रहेको कम्पनीको सेयरभाउ पनि सस्तो नै देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसो त पछिल्लो समय बजारमा बढी लो क्याप कम्पनीहरु चलिरहेको अवस्था छ । लो क्याप कम्पनीहरुको डिमाण्ड बढाएर सेयरमूल्य उचाल्ने जस्ता गतिविधिहरु पनि नभएका होइनन् । सिमेन्ट कम्पनीहरुमा भने त्यस्तो गतिविधि देखिदैन ।

सबैभन्दा पुँजी धेरै भएको अर्थात लार्ज क्याप कम्पनी शिवम् सिमेन्टको सेयरभाउ ६ सय रुपैयाँमाथि छ । त्यस्तै दोस्रो बढी पुँजी भएको सर्वोत्तमको सेयरमूल्य पनि आठसय रुपैयामाथि छ भने लो क्याप अर्थात सबैभन्दा पुँजी कम भएको सोनापुरको सेयरभाउ सबैभन्दा सस्तो छ ।  

नेप्सेमा सूचीकृत सबै समूहका कम्पनीहरुमा एउटै ट्रेण्ड लागू नहुन सक्छ । विशेषगरी अन्य समूहमा लो क्यापहरुको मात्रै सेयरभाउ महँगो र लार्ज क्याप वा मिड क्यापको सेयरभाउ निकै सस्तो देखिन्छ । तर सिमेन्ट कम्पनीहरुमा भने फण्डामेन्टल रुपमा बलिया कम्पनीहरुकै सेयरभाउ महँगो रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.