Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै, रिटेन्ड अर्निङ र इपीएसमा गिरावट

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै, रिटेन्ड अर्निङ र इपीएसमा गिरावट
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको लाभांश बाँड्ने क्षमता घट्दै गएको छ । बीमकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ र प्रतिसेयर आम्दानी (इपीएस) घटेको देखिएको छ ।  

बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ भनेको विशेषगरी कम्पनीले विगतका वर्षहरुमा कमाएको नाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँडी कम्पनीमै राखिएको संचित रकम हो । यस्तो रकम संचित हुँदा भविष्यमा कम्पनीको दाबी भुक्तानी, विस्तार, आकस्मिक जोखिम र लाभांशकै रुपमा बाँड्नका लागि कम्पनीसँग आन्तरिक पूँजी छ भन्ने बु्झिन्छ ।  

साथै बीमा कम्पनीहरुले भविष्यमा लाभांशकै रुपमा बाँड्नका लागि पनि रिटेन्ड अर्निङका रुपमा रकम संचित गरेको हुन्छ । यो सूचकले कम्पनीले आर्थिक रुपमा कति बलियो र स्थिर छ भन्ने जनाउँछ । लगातार घाटा भए रिटेन्ट अर्निङ घट्छ वा नेगेटिभ हुन पनि सक्छ ।  

Bizshala
New Office
CG Motors

यो सूचकले कम्पनीसँग वितरण गर्न सकिने संचित नाफा कति छ भन्ने देखाउँछ यसकारण बोनस सेयर वा नगद लाभांश दिन कम्पनी योग्य छ वा छैन भन्ने कुरा पनि यो सूचकले निर्धारण गर्दछ ।  

योसँगै निर्जीवन बीमा कम्पनीहरुको इपीएस पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कम्पनीले प्रतिसेयर कति नाफा कमायो भन्ने यो सूचकले देखाउने हुँदा इपीएस र रिटेन्ड अनिङ बलियो हुने कम्पनीको लाभांश दिने क्षमता पनि बलियो भएको मान्न सकिन्छ ।  

निर्जीवन बीमा कम्पनीहरुको सन्दर्भमा रिटेन्ड अर्निङ, इपीएस र सोल्भेन्सी मार्जिन महत्वपूर्ण हुन्छ । तर सोल्भेन्सी रेसियो भने बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराएपछि मात्रै नेपाल बीमा प्राधिकरणले तय गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.३ र लघुबीमकहरुको १.५ प्रतिशत तोकेको छ । विवरणअनुसार बीमकहरको सोल्भेन्सी रेसियो अनुपात प्राधिकरणले तोकेको भन्दा माथि रहेपनि यता इपीएस र रिटेन्ड अर्निङ बलियो नदेखिँदा लाभांश क्षमता घट्दै गएको देखिन्छ ।  

निर्जीवन बीमा कम्पनीरुको रिटेन्ड अर्निङ घट्नुको मुख्य कारण भनेकै नाफा घटु्नु हो । कम्पनीहरुले पछिल्लो अवस्था हेर्दा नाफामा संकुचन देखिएको छ । बीमा कम्पनीहरुलाई धेरै दाबी भुक्तानीको दायित्व थपिदा र संचालन खर्च बढ्दै जाँदा नाफा घट्न पुगेको देखिएको छ ।  

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स बाहेक सबैको रिटेन्ड अर्निङ घटेको छ । साथै इपीएस भने प्रभु इन्स्योरेन्सको मात्रै सामान्य बढेको छ भने बाँकी सबैको घटेको छ ।

  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.