Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार

Laxmi Sunrise Bank Limited
संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार
Shivam Cement

काठमाण्डौं । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएर निरन्तर संसद अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।  

प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै उनले बैठक बहिष्कार गरेका हुन् ।

Bizshala
New Office
CG Motors

प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सरकार संसदप्रति उत्तरदायी देखिन नसकेको आरोप लगाए ।  

उनले प्रधानमन्त्रीले संसदलाई प्राथमिकता नदिएको टिप्पणी गर्दै जनताको प्रश्नमाथि सरकार मौन बसेको गुनासो गरेका थिए ।

डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा नियमावली कार्यान्वयनमा गम्भीर कमजोरी देखिएको बताए ।

नियमावलीअनुसार संसदमा उठेका विषयमा प्रधानमन्त्री वा मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने भएपनि व्यवहारमा त्यसको पालना नभएको उनको भनाइ थियो ।

 

Garima Development Bank
Shivam Cement
Bizshala

साम्पाङले “प्रधानमन्त्री संसदमा आउँदैनन् भने यहाँ बस्नुको अर्थ छैन” भन्दै आक्रोश व्यक्त गरेका थिए ।  

सभामुखसँग केहीबेर संवाद र सवाल–जवाफपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए ।

पछिल्लो समय प्रधानमन्त्रीको संसद अनुपस्थिति, नियमित प्रश्नोत्तर कार्यक्रम स्थगित हुनु तथा सरकारको जवाफदेहितामाथि उठिरहेका प्रश्नले संसदभित्र सत्ता–विपक्ष तनाव बढ्दै गएको छ ।

 साना दलहरूले समेत संसदको मर्यादा र नियमावली कार्यान्वयनलाई लिएर खुलेर असन्तुष्टि जनाउन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.