बुधबार, असार १८,२०८२ 07:49:49
  • बुधबार, असार १८,२०८२ 07:49:49
Global IME Bank Limited

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण

Hyundai Nepal
विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आवको पुष मसान्त भित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वमा नै रहेका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा नगरेको सुन्दा धेरै लगानीकर्तालाई अचम्म लाग्न सक्छ । विशाल बजार कम्पनीले २०७४ सालमा ३४ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । त्यस पछि यो कम्पनीले साधारण सभा नै गर्न सकेको छैन ।  

यो कम्पनीमा पूँजीबजारकी अग्रेणी लगानीकर्ता राधा पोखरेल सञ्चालक रहेकी छन् । अझ अचम्मको विषय के छ भने यो कम्पनी गूगलमा खोज्दा समेत भेटिदैन ।  

त्यसै गरि लामो समयदेखि साधारण सभा गर्न नसकेको अर्को सरकारी स्वामित्वमा रहेको कम्पनी हो राष्ट्रिय बीमा कम्पनी लिमिटेड । यो कम्पनीले पनि आर्थिक वर्ष २०७२/७३ देखि साधारण सभा गरेका छैन । पछिल्लोपटक यो कम्पनीले २०६८ देखि २०७२ सम्मको ५ वर्षको साधारण सभा एकैपटक आयोजना गरेको थियो त्यस पछि यो कम्पनीले पनि साधारण सभा गर्न सकेको छैन ।  

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता पिभी पोखरेलले सरकारी स्वामित्वमा नै रहेको कम्पनीले वषौँदेखि साधारण सभा गर्न नसक्नु गैरजिम्मेवारीपनको पराकाष्ट भएको   बताए । ‘मैले १० वर्षदेखि यो कम्पनीमा लगानी गरेको छु । कम्पनीले साधारण सभा नै गर्न सकेको छैन । साधारण सभा नै गर्न नसकेको कम्पनीबाट लाभांशको आशा गर्ने त ठाँउ नै रहेन ।’  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मूराहरी पराजुलीले लामो समयसम्म साधारण सभा नगर्ने कम्पनीलाई नेप्सेले सामान्य ध्यानाकर्षण मात्रै गर्न सक्ने बताए । उनले भने ‘हामीले यी कम्पनीहरुलाई साधारण सभा गर भनेर ध्यानाकर्षण मात्रै गर्ने हो । त्यहाँ भन्दा बढी गर्न सक्दैनौं ।’

अर्को एक स्रोतले दिएको जानकारी अनुसार यी दुबै कम्पनीहरुले लामो समयदेखि साधारण सभा आयोजना गर्न नसक्नु्मा सरकारी हस्तक्षेप नै प्रमुख कारण हो । ‘विशालबजारमा पहिले मुद्दा थियो । तर हाल त्यो मुद्दा किनारा लाग्यो । अब भने सरकारले एजीएम गर्नुपर्ने हो । यसमा सरकारको ९४ प्रतिशत हिस्सा छ । त्यसै गरि आरबीसीएलमा पनि हरेक नयाँ हाकिम आए पछि गछौँ भन्छन । तर गर्न सकेको अवस्था भने छैन । यहाँ पनि सरकारी हस्तक्षेप छ । हाकिम र कर्मचारीको तालमेल मिल्न नै सक्दैन । यही कारण यी २ वटा कम्पनीमा समयमा नै वार्षिक साधारण सभा हनु नसेको हो ।’ स्रोतले भन्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.