बुधबार, असार १८,२०८२ 01:01:42
  • बुधबार, असार १८,२०८२ 01:01:43
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको ५ औं साधारण सभा आज आयोजना हुन लागेको हो ।  

उक्त सभा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको होटल सिद्धार्थ भिलासामा आयोजना हुन लागेको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा ५ जना संस्थापक सेयरधनी तथा १ जना सर्वसाधारण र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.