बिहीबार, असार १९,२०८२ 08:33:03
  • बिहीबार, असार १९,२०८२ 08:33:03
Global IME Bank Limited

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप

Hyundai Nepal
गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको फल्यागशिप कम्पनी अडाणी इन्टरप्राइजेज लगायतका ६ वटा कम्पनीलाई त्यहाँको बजार नियामक सेक्युरिटज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले कारण जनाउ आदेश दिएको छ । यी कम्पनीहरुले कारोबार तथा सूचिकरणका नियमहरु उल्लंघन गरेको आरोप लगाउँदै सेबीले यस्तो नोटिस जारी गरेको हो ।  

अडाणी पोट्स एण्ड स्पेशल इकोनोमिक जोन(सेज)अडाणी इनर्जी, अडाणी पावर,अडाणी विल्मर र अडाणी टोटल ग्यासले आ–आफ्नो एक्सचेञ्ज फाइलिङमा यस बारे जानकारी दिएका छन् ।  

अडाणी इन्टरप्राइजेजले गत ३१ मार्चमा सकिएको त्रैमासिका क्रममा कम्पनीलाई दुईवटा कारण जनाउ नोटिस प्राप्त भएको जनाएको छ । सेबीले यो नोटिस हिंडनबर्ग रिसर्चले लगाएको आरोपको अनुसन्धान पश्चात जारी गरेकोे हो ।

CG Motors
Muktinath Bikas Bank Limited

सन् २०२३ को जनवरी २४ मा हिंडनबर्ग रिसर्चले अडाणी ग्रुपमाथि सम्पत्ति शुद्धिकरणदेखि लिएर सेयर म्यानुपुलेसन जस्ता ओरोप लगाएको थियो । यो घटनाको अनुसन्धानका लागि भारतको सर्वोच्च अदालतले ६ सदस्यीय कमिटी गठन गरेको थियो । यसका साथै अदालतले बजार नियामक सेबीलाई समेत अनुसन्धान गर्न निर्देशन दिएको थियो ।  

सेबीले मे २ सम्म प्रतिवेदन पेश गर्नुपर्ने थियो । तर सेबीले सुनुवाईको क्रममा अनुसन्धानका लागि ६  महिनाको समय माग गरेको थियो ।  

सवोच्च अदालतले गत जनवरी ३ मा सेबीलाई बाँकी रहेको दुईवटा मामिलाको अनुसन्धानका लागि ३ महिना को समय दिएको छ । सेबीले २४ मध्ये २२ वटा मुद्दाको जाच पुरा गरिसकेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.